न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री हेलेन क्लार्क थामे पुनर्निर्माणको लागि सहयोग जुटाउदै

624 Shares

न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री हेलेन क्लार्कले नेपालमा गत शुक्रबार सोलुखुम्बुको थामेमा आएको माटोसहितको पहिरोले प्रभावित भएको क्षेत्रमा सहयोगको लागि अपिल गरेकी छिन् । उनले आफु गत वर्ष मात्र नेपाल भ्रमणमा रहेको बेला थामेमा बसेको स्मरण गर्दै त्यहाँ गत शुक्रबार आएको बाढीले क्षति पुर्याएको र राहत आवश्यक रहेको भन्दै सहयोगको अपिल गरेकी छिन् । हेलेन सन् १९९९ देखि २००८ सम्म ३ कार्यकालको लागि न्युजिल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।

उनले समाजिक सन्जालमा थामेमा आएको बाढीको भिडियो पोस्ट गर्दै यस्तो लेखेकी छिन् :

गत वर्ष म नेपालको सगरमाथा क्षेत्रमा रहेको थामे गाउँमा बसेको थिए । एड्मण्ड हिलारीसँग सगरमाथामा पहिला टेक्ने तेन्जिङ नोर्गे यहि ठाउँबाट हुनुहुन्छ ।
गत हप्ता थामे माथी रहेको हिमताल फुटेर माटो र पानी सहितको बाढीले थामेलाई ध्वस्त बनाएको छ । स्कुल, क्लिनिक, घर, लज प्रभावित भएका छन् ।

मानिसहरूमा आघात परेको छ र धेरै मानिस घरबारविहीन छन्। त्यहाँ आपतकालीन राहत अब अत्यावश्यक छ। कृपया थामेका जनताको लागि सहयोग गर्नु होला ।

 

खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला किनारको गाउँमा शुक्रबार दिउँसो एक्कासि आएको ठूलो बाढीले बस्ती तहसनहस बनाएको थियो । मानवीय क्षति नभएको थामेगाउँको बाढीले १० घरमा आंशिक पुर्‍याउँदा १३ घरलाई भने बगाएरै लग्यो । त्यस्तै: एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक तथा दुई होटल पनि बाढीले बगायो । खुम्बु बिजुली कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा नाम्चे क्षेत्र अन्धकारमय अवस्थामा छ अहिले पनि ।

सम्बन्धित समाचार

सबै