प्यासिफिक आईल्याण्ड फोरमको लिडर्स मिटिङमा सहभागी हुन न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन टोङा पुगेका छन् ।
मिटिङमा भाग लिन प्रधानमन्त्री लक्सन मंगलबार राती न्युजिल्याण्डबाट टोङाका लागि प्रस्थान गरेका थिए । १८ राष्ट्र सदस्य रहेको प्यासिफिक फोरमको नेताहरुको बैठक हाल टोङामा जारी छ । सदस्य राष्ट्रहरु अस्ट्रेलिया, कुक आईल्याण्ड, संघीय राज्य माइक्रोनेसिया, फिजी, फ्रेन्च पोलिनेसिया, किरिबाटी, नाउरु, न्यू क्यालेडोनिया, न्युजिल्याण्ड, निउ, पलाउ, पपुवा न्यू गिनी, मार्शल आईल्याण्ड, सामोआ, सोलोमन आईल्याण्ड, टोंगा, टुभालु, भानुअतु का राष्ट्रप्रमुख हाल टोङामा भेला भएका छन् । बैठकमा जलवायु परिवर्तन र यस्का चुनौतीमा बारेमा मुख्य रुपमा कुरा भएको छ ।


