न्युजिल्याण्डमा सुरु भयो बसन्त ऋतु – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा सुरु भयो बसन्त ऋतु

   September 1, 2024  

न्युजिल्याण्डमा आईतबारबाट बसन्त ऋतु सुरु भएको छ ।
जुनबाट सुरु भएको जाडोयाम अगस्त सकिए लगत्तै न्युजिल्याण्डमा बसन्त ऋतु प्रारम्भ भएको हो ।

बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले पनि यो समय नौलो काँचुली बदल्छ ।
बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो।

बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्‍छ र नयाँ पात पलाउँछ। बसन्त ऋतुमा जतात्यतै हरियाली हुन्छ। वसन्त ऋतुमा फुलेका बिभिन्न फुल र चेरीका फूलहरूले न्युजिल्याण्डभरिको वातावरण झन मनमोहक बनाउन गरेको छ ।
सेप्टेम्बर १ बाट सुरु हुने बसन्त ऋतु नोभेम्बरसम्म रहने छ त्यस्पछि भने न्युजिल्याण्डमा गर्मी सुरु हुने छ ।