न्युजिल्याण्डमा आगामी जनवरीमा दोस्रो न्युजिल्याण्ड नेपाली स्पोर्टस फेस्टिभल हुने भएको छ ।
गैर आवसिय नेपाली संघ न्युजिल्याण्डको आयोजनामा जनवरी १० देखि १२ सम्म फेस्टिभल आयोजना हुने भएको हो ।
नर्थ आईल्याण्डको तउरङा शहरमा आयोजना हुने स्पोर्टस फेस्टिभलमा क्रिकेट, ब्याड्मिन्टन, टेबल टेनिस, रनिङ, स्वीलिङ, चेस, फूटशल र बास्केटबल खेलको बिभिन्न प्रतियोगिता हुने जनाईएको छ ।



