न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन मलेसियाको भ्रमणमा गरेका छन् ।
उच्चस्तरिय बिजिनेस डेलिगेसनका साथ लक्सन आईतबार मलेसियाको राजधानी क्वालालम्पुर पुगेका हुन् ।
सोमबार प्रधानमन्त्री लक्सनले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग भेट गरेका छन् ।
दुवै नेताहरूले न्युजिल्याण्ड र मलेसियाबिच ६७ वर्षको कूटनीतिक सम्बन्धमा स्थायी र न्यानो द्विपक्षीय सम्बन्धको लागि प्रशंसा व्यक्त गरेका छन् ।
मलेसिया-न्यूजील्याण्डबिच रणनीतिक साझेदारीका बिषयमा पनि छलफल भएको थियो । मलेसियाको भ्रमण सकेर लक्सन मंगलबार दक्षिण कोरिया जाने छन् ।


