ताउपिरी पर्वतमा माओरी राजाको अन्त्यष्टी – New Zealand News Nepal (NZ News Nepal)

ताउपिरी पर्वतमा माओरी राजाको अन्त्यष्टी

   September 5, 2024  

माओरी राजा तुहैतियाको   बिहीवार अन्त्यष्टी गरिएको छ ।

उनको वाईकातो स्थित ताउपिरी पर्वतमा अन्त्यष्टि गरिएको  हो । माओरी राजा तुहैतिया को ६९ वर्षको उमेरमा अघिल्लो  शुक्रबार निधन भएको थियो ।

उनलाई न्युजिल्याण्ड डिफेन्स फोर्सले गार्ड अफ अनर समेत प्रदान गरेको  छ । राजाको अन्तिम संस्कार उनको आमा र अन्य माओरी राजाको समाधीस्थल वाईकातोको ताउपिरी पहाडमा  गरिएको  हो ।

यो सँगै राजा तुहैतियाकी छोरी ना वाई होनो ई तेपो न्युजिल्याण्डको नयाँ  माओरी रानी नियुक्त भएकी  छिन् ।