पारालिम्पिकमा न्युजिल्याण्डले जित्यो ९ पदक (कुन खेलमा कुन पदक ?)

301 Shares

पेरिस पारालिम्पिक २०२४ मा न्युजिल्याण्डले ९ पदक जितेको छ । गत आईतबार फ्रान्सको पेरिसमा सम्पन्न भएको पारालिम्पिकमा न्युजिल्याण्डले एक स्वर्ण, ४ रजत र ४ कास्य गरि ९ पदक जितेको हो । न्युजिल्याण्डको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका खेलाडीहरु मध्य एथलेटिक्समा एउटा स्वर्ण, ३ वटा रजत र २ कास्य पदक जित्न सफल भएको थियो । त्यस्तै कानोईमा एउटा कास्य र साईकिलिङमा एउटा रजत र एउटा कास्य पदक न्युजिल्याण्डका खेलाडीले जितेका थिए । सन् १९६८ देखि न्युजिल्याण्ड पारालिम्पिकमा सहभागी हुँदै आएको छ । न्युजिल्याण्डले पारालिम्पिकमा हालसम्म ८१ स्वर्ण, ६४ रजत र ६५ कास्य पदक जितेको छ । सबैभन्दा बढी पदक भने १९८४ मा अमेरिकामा भएको पारालिम्पिक जितेको थियो । त्यो बेला न्युजिल्याण्डले ८ स्वर्ण, १० रजत र ७ कास्य गरि २५ पदक जितेको थियो ।

सम्बन्धित समाचार

सबै