352
Shares
बेलायतका राजा चार्ल्स र रानी कामिलाले अष्ट्रेलिया र प्यासिफिक देश सामोवाको भ्रमण गर्ने भएका छन् ।
बेलायतस्थित बकिङहम प्यालेसले जारी गरेको बिज्ञप्ती अनुसार राजा र रानी आउदो अक्टोबरमा दुई देशको भ्रमण गर्ने भएका छन् । अष्ट्रेलिया भ्रमण ६ दिनको हुनेछ भने राजा र रानी सामोवामा ३ दिन बस्ने छन् । भ्रमण अक्टोबर १८ देखि २६ सम्म हुने बताईएको छ । कमनवेल्थ राष्ट्रहरुको सरकारप्रमुखको बैठकमा सहभागी हुन राजाले सामोवाको भ्रमण गर्न लागेका हुन् ।
त्यस्तै यसअघि निर्धारित भएको न्युजिल्याण्डको भ्रमण भने स्थगित गरिएको छ । राजाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै न्युजिल्याण्डको भ्रमण स्थगित गरिएको हो । गत फेब्रुअरीमा आफुलाई क्यान्सर भएको जानकारी गराएका राजाले चिकित्सकको सल्लाहमा न्युजिल्याण्ड लगायतको भ्रमण स्थित गरेको बताईएको छ ।