स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। आजै मात्रै निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ मा उपनिर्वाचन गर्न सुझाव दिएका थिए। उक्त सुझाव अनुसार नै सरकारले साँझ निर्णय गरेको हो। निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ।


