न्युजिल्याण्डको नर्थ आईल्याण्डमा रहेको हक्स बेमा नेपाली समाज गठन गरिएको छ ।
हक्स बेमा बसोबास गर्ने नेपाली समुदायले समाज गठन गरेका हुन् । समाजले ९ जना पदाधिकारीहरू समेत घोषणा गरेको छ । समाजको अध्यक्षमा सुलभ भारती रहेका छन् । त्यस्तै उपाध्यक्षमा अमिर थापा, कोषाध्यक्षमा लालबहादुर बि।के र महासचिवमा सुमी पौडेललाई नियुक्त गरिएको छ । समाजको सचिवमा भने संगिता थापा रहेको छिन् । त्यस्तै ४ जना बोर्ड सदस्यमा बुद्धि भण्डारी, मोहन आचार्य, अनिता भण्डारी र पार्वती विक रहेका छन् ।


