सन् १८४० मा बेलायती साम्राज्य र माओरीका प्रतिनिधिहरूद्वारा हस्ताक्षर गरिएको एउटा महत्वपूर्ण सम्झौता हो वाइताँगी सन्धि । जस्लाई अंग्रेजीमा Treaty of Waitangi र माओरी भाषामा Te Tiriti o Waitangi भनिन्छ ।
सन्धिको उद्देश्य न्युजिल्याण्डमा बसोबास गर्ने बेलायती र माओरी मानिसहरूलाई न्युजिल्याण्डमा साझा कानून वा सम्झौताहरू अन्तर्गत सँगै बस्न सक्षम पार्नु थियो। माओरीहरूको भूमि, जङ्गल, मत्स्यपालन र खजानाहरू राख्ने अधिकारको रक्षा गर्ने उद्देश्यले सार्वभौमसत्ता अंग्रेजहरूलाई सुम्पने कुरा पनि सन्धिमा उल्लेख थियो ।
माओरीलाई बेलायती नागरिकहरू जस्तै अधिकार र हैसियत दिने कुरा पनि यसै सन्धिमा उल्लेख गरिएको छ ।
सन्धिको एउटा संस्करण माओरी भाषा T e Reo Maori र अर्को अंग्रेजीमा लेखिएको थियो । माओरी भाषाको संस्करण अंग्रेजी संस्करणको प्रत्यक्ष अनुवाद भने होइन। अंग्रेजी संस्करण माओरी भाषा भन्दा फरक थियो । अंग्रेजी भाषाको सन्धिको तीन सिद्धान्तहरूमा साझेदारी, संरक्षण र सहभागिता रहेका छन् ।

सन्धिले माओरी संस्कृतिको संरक्षण गर्ने र माओरीहरूलाई न्यूजील्याण्डमा माओरीको रूपमा बस्न जारी राख्न सक्षम बनाउने वाचा गरेकाले न्युजिल्याण्डमा यो सन्धिको बिशेष महत्व रहेको छ । सन्धिले बेलायति साम्राज्यले न्यूजील्याण्डलाई शासन गर्ने र सबै न्यूजील्याण्डका हितहरूको प्रतिनिधित्व गर्ने अधिकार दिएको छ। न्युजिल्याण्डमा सन्धिलाई व्यापक रूपमा संवैधानिक दस्तावेजको रूपमा हेर्ने गरिन्छ ।
न्युजिल्याण्डमा आजको दिन लाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । आज देश भर सार्वजनिक बिदा दिईएको छ भने बिभिन्न शहरमा बिशेष कार्यक्रम आयोजना हुँदै छ ।


