नक्खु जेल फर्किए रवि लामिछाने – New Zealand News Nepal (NZ News Nepal)

नक्खु जेल फर्किए रवि लामिछाने

   September 14, 2025  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागार फर्किएका छन्।

लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नक्खु कारागारबाट निस्किएका थिए।

यसरी निस्किएकामा उनको चर्काे आलोचना भएपछि त्यसको स्पष्टिकरण दिँदै आज कारागार फर्किएका हुन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि उनी थुनामा छन्।

यसअघि उनले आफ्नो जन्मदिनको उपहार सम्झेर कारागार फर्किएको उल्लेख गरेका थिए। उनले अब भने स्वच्छ न्याय पाउने आशा पनि व्यक्त गरेका छन्।