धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई रास्वपाले दियो टिकट

237 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा चुनावमा उम्मेदवार बनाएको छ।

सोमबार, पार्टी कार्यालयमा रास्वपा केन्द्रीय सदस्य गणेश पराजुलीले तामाङलाई आधिकारिक रूपमा टिकट प्रदान गरे।

रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार, तामाङ धादिङ–१ मा चुनाव लड्ने तयारीमा रहेकी छन्।

यसअघि उनी काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवार बन्ने चर्चा गर्दै आएकी थिइन्।

सम्बन्धित समाचार

सबै