171
Shares
म्याग्दी — निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार बिहानै पुन म्याग्दीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।
पुनको उम्मेदवारीसँगै म्याग्दीको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।