मार्चमा ‘पूर्ण राई एन्ड दाजुभाइ’ को न्युजिल्याण्ड टुर

524 Shares

सांगीतिक ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइ ले आगामी मार्च महिनामा न्युजिल्याण्ड टुर गर्ने भएको छ। यो ब्यान्डले पहिलोपटक न्युजिल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति दिन लागिरहेको हो।

आयोजक संस्था Sambandha Events को आयोजनामा न्युजिल्याण्डका दुई प्रमुख सहर Auckland र Christchurchमा कन्सर्ट आयोजना हुने जनाइएको छ। नेपाली युवामाझ निकै लोकप्रिय यस ब्यान्डको लाइभ प्रस्तुति हेर्न दर्शकहरू उत्साहित छन्।

कार्यक्रमको मिति, स्थान र टिकटसम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने आयोजकले बताएका छन्। न्युजिल्याण्डमा रहेका नेपाली संगीतप्रेमीका लागि यो टुर विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै