राष्ट्रपति रामचन्द्र पौडेल आज जापान भ्रमणमा जाने भएका छन्। नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी आज जापान जान लागेका हुन्।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको थियो। आइतबार बेलुका नेपाल एयरलाइन्सको उडानबाट पौडेल जापान जान लागेका हुन्। उनी २१ माघमा फर्कने कार्यतालिका छ।
टोकियोमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।


