काठमाडौंको क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । नारायणटारस्थित चामुन्डा माविमा मतगणना सुरु भएको हो ।
सर्वदलिय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिना भट्टराईले जानकारी दिइन्।
यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल, रास्वपाबाट राजु पाण्डे, उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ लगायत उम्मेदवार छन्।


