न्युजिल्याण्ड टुर घोषणा गर्दै नेपथ्यले भन्यो- ‘यो मेमा न्युजिल्याण्ड फर्कदै छौ’

270 Shares

चर्चित नेपाली ब्यान्ड नेपथ्यले आफ्नो न्युजिल्याण्ड टुरको औपचारिक घोषणा गरेको छ।

ब्यान्डले सामाजिक सञ्जालमार्फत आफूहरू प्रस्तुति दिन न्युजिल्याण्ड आउन लागेको जानकारी गराएको हो। नेपथ्यले “यो मे महिनामा फेरि न्युजिल्याण्ड फर्किँदैछौं” भन्दै यहाँ हुने कन्सर्टको विवरण सार्वजनिक गरेको छ। यस अघि सन् २०१७ मा नेपथ्यले अकल्याण्डमा आफ्नो प्रस्तुति दिएका थिए ।

कन्सर्ट Lakhey Event को आयोजनामा आगामी मे १० तारिख अकल्याण्डमा आयोजना हुने छ।

नेपथ्य नेपाली संगीत क्षेत्रमा अत्यन्त लोकप्रिय ब्यान्ड मानिन्छ, जसले देश–विदेशमा रहेका नेपाली दर्शकमाझ आफ्ना प्रस्तुति मार्फत विशेष स्थान बनाएको छ। न्युजिल्याण्डमा पनि नेपाली समुदायका बीच नेपथ्यको प्रस्तुति प्रति ठूलो उत्साह छ।

सम्बन्धित समाचार

सबै