आज प्रधानमन्त्रीमा नियुक्त हुँदै बालेन, सपथ पनि आजै

245 Shares

बालेन शाह आज प्रधानमन्त्रीका रूपमा सपथ लिँदै छन्।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा बालेनले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ। शाह वैदिक विधिअनुसार आज शुक्रबार मध्यान्ह १२:३४ बजे शीतल निवास मा प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्। बालेनले न्युजिल्याण्ड समय अनुसार साँझ ७:४९ मा सपथ लिने छन् ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार शपथग्रहण समारोहलाई विशेष बनाइनेछ। समारोहमा ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन गरिने कार्यक्रम रहेको छ।

यसका साथै, धार्मिक सहिष्णुता झल्काउने उद्देश्यले बौद्ध परम्परालाई पनि समेटिएको छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने बताइएको छ।

प्रधानमन्त्री पदको शपथपछि बालेनले सोही दिन दिउँसो २:१५ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ।

सम्बन्धित समाचार

सबै