न्युजिल्याण्डको राष्ट्रिय इन्धन योजना सार्वजनिक, अभाव भए चरणगत कडाइ गरिने

311 Shares

न्युजिल्याण्ड सरकारले इन्धन आपूर्ति संकटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आफ्नो राष्ट्रिय इन्धन योजना (National Fuel Plan) विस्तृत रूपमा सार्वजनिक गरेको छ। यस योजनामा इन्धन अभाव भए लागू गरिने चरणगत (फेज) व्यवस्था उल्लेख गरिएको छ।

सरकारका अनुसार योजना कोभिड–१९ अलर्ट लेभलजस्तै चार चरणमा विभाजित गरिएको छ, जसमा हाल देश पहिलो चरण (Phase 1) मा रहेको छ।

दोस्रो चरणमा पुगेमा घरपरिवार, व्यवसाय र सार्वजनिक क्षेत्रलाई इन्धन बचत गर्न प्रोत्साहित गरिनेछ। तेस्रो चरणमा भने अत्यावश्यक र जीवनरक्षक सेवाहरूका लागि इन्धन प्राथमिकतामा राखिनेछ भने चौथो चरणमा इन्धन वितरणमा थप कडाइ गरिनेछ। उच्च चरणहरूको व्यवस्था अझै परामर्शमै रहेको सरकारले जनाएको छ।

अर्थमन्त्री Nicola Willis ले हाल तत्काल इन्धन प्रतिबन्ध आवश्यक नभए पनि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै समयमै तयारी गरिरहेको बताइन्। उनले भनिन्, “न्युजिल्याण्डले रोजगारी, जनजीविका र अर्थतन्त्र जोगाउन आवश्यक इन्धन सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता हो।”

सम्बन्धित समाचार

सबै