नवनियुक्त प्रधानमन्त्री बालेनलाई एनआरएनए न्युजिल्याण्डको बधाई – New Zealand News Nepal (NZ News Nepal)

नवनियुक्त प्रधानमन्त्री बालेनलाई एनआरएनए न्युजिल्याण्डको बधाई

   March 28, 2026  

गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संस्थाले सार्वजनिक गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहको नेतृत्वमा समृद्ध र आधुनिक नेपाल निर्माण हुने विश्वास व्यक्त गरिएको छ। “एक समृद्ध र आधुनिक नेपाल निर्माणको तपाईंको संकल्पमा हाम्रो सधैं प्रतिबद्धता रहनेछ,” भन्दै एनआरएनए न्युजिल्याण्डले आफ्नो साथ र सहयोग रहने जनाएको छ।

सन्देशमा प्रधानमन्त्री शाहको सफल र ऐतिहासिक कार्यकालको कामना समेत गरिएको छ। विदेशमा रहेका नेपालीहरूको प्रतिनिधि संस्थाका रूपमा एनआरएनए न्युजिल्याण्डले देशको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

न्युजिल्याण्डमा रहेका नेपाली समुदायले पनि नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तन र प्रभावकारी शासनको अपेक्षा गरेका छन्।