स्वास्थ्य मन्त्रालयबाट बिदा हुँदै डा. ब्लूमफिल्ड – New Zealand News Nepal (NZ News Nepal)

स्वास्थ्य मन्त्रालयबाट बिदा हुँदै डा. ब्लूमफिल्ड

   April 6, 2022  

न्युजिल्याण्ड सरकारको स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लूमफिल्डले राजीनामा दिएका छन् । उनले आउदो जुलाईदेखि लागु हुने गरि राजिनामा दिएका हुन् । प्रधानमन्त्री जसिन्डा आर्डेनले समाजिक सन्जालमा पोस्ट गर्दै ब्लूमफिल्डको न्युजिल्याण्ड सरकारबाट बिदाइ गरेकी छिन् ।  कोरोनाको समयमा स्वास्थ्य क्षेत्रमा उनले गरेको योगदानको प्रधानमन्त्री आर्डेनले प्रसंसा गरेकी छिन् । प्रधानमन्त्रीले ब्लूमफिल्ड जस्तो राष्ट्रसेवक कर्मचारी बिरलै भेटिने र अबको समय उनले आफ्नो परिवारलाई दिने कुराको आफुहरुले सम्मान गरेको बताएकी छिन् ।

ब्लूमफिल्ड सन् २०१८ जुन ११ देखि न्युजिल्याण्डको स्वास्थ्यमन्त्रालयका महानिर्देशकको रुपमा कार्यरत थिए । उनी आगामी जुलाईबाट सेवानिवृत्ती हुने छन् ।