263
Shares
अकल्याण्डमा आज नेपाल फेस्टिभल आयोजना हुँदैछ। एओटिया सेन्टरमा बिहान १० बजेदेखि हुने भएको यो कार्यक्रम नेपाली संस्कृति, संगीत, परिकार र समुदायको उत्सवका रूपमा मनाइँदैछ।
यो कार्यक्रम निःशुल्क तथा सबैका लागि खुला रहेको आयोजक न्युजिल्याण्ड नेपाल सोसाईटीले जनाएको छ।
फेस्टिभलमा विभिन्न सांस्कृतिक प्रस्तुति, नेपाली खानाका स्टल, संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ। कार्यक्रम स्थलमा दिनभर उत्साहजनक माहोल रहने अपेक्षा गरिएको छ।
आजको मुख्य आकर्षणका रूपमा चर्चित गायक प्रकाश सपुतले दिउँसो २ बजे विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ, जसले दर्शकलाई झन् आकर्षित बनाएको छ।