न्युजिल्याण्डको नर्थ आईल्याण्डतर्फ चक्रवात ‘भायानु’ तीव्र रूपमा अघि बढ्दै जाँदा नर्थल्यान्ड, वाइकाटो र फाकताने जिल्लामा पूर्वतयारीस्वरूप स्थानीय आपतकाल घोषणा गरिएको छ। जोखिम बढ्दै गएपछि फाकताने जिल्लाको ओहोपे (Ōhope) को वेस्ट एन्ड क्षेत्रका घरहरूलाई साँझ ५ बजेसम्म खाली गर्न आदेश दिइएको छ।
हाल पूरै नर्थ आईल्याण्ड कुनै न कुनै मौसम चेतावनीमा रहेको छ भने कोरोमण्डल प्रायद्वीप र ग्रेट ब्यारेयर टापुमा ‘रेड स्तरको शक्तिशाली हावा चेतावनी’ जारी गरिएको छ। हावाहुरीको गति १३० किमि/घण्टासम्म पुग्ने अनुमान गरिएको छ।
मौसम सेवाका अनुसार:
त्यस्तै,
अधिकारिहरूका अनुसार चक्रवातका कारण विद्युत् अवरुद्ध, रूख ढल्ने, बाढी, पहिरो र सडक बन्द हुने जोखिम उच्च रहेको छ, जसले केही समुदायलाई अलग पार्न सक्छ।
सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान, आपतकालीन सामग्री तयारी अवस्थामा राख्न, यात्रा योजना पुनःविचार गर्न र स्थानीय निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।