पलाउका राष्ट्रपति न्युजिल्याण्ड भ्रमणमा

145 Shares

पलाउका राष्ट्रपति सुराङ्गेल व्हिप्स जुनियर हाल न्युजिल्याण्डको औपचारिक भ्रमणमा रहेका छन्। यो भ्रमण न्युजिल्याण्डमा पलाउका राष्ट्रपतिको पहिलो ऐतिहासिक भ्रमणका रूपमा लिइएको छ।

भ्रमणका क्रममा राष्ट्रपति व्हिप्सले न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई नेताबीच प्रशान्त क्षेत्रका साझा चुनौती, क्षेत्रीय सहकार्य तथा आगामी प्यासिफिक आइल्याण्ड्स फोरमबारे छलफल हुने अपेक्षा गरिएको छ।

पालाउले यस वर्ष प्यासिफिक आइल्याण्ड्स फोरम आयोजना गर्दैछ भने न्युजिल्याण्डले सन् २०२७ मा उक्त फोरम आयोजना गर्ने तयारी गरिरहेको छ। लगातार फोरम आयोजक राष्ट्रका रूपमा दुवै देशले आगामी दुई वर्षलाई प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्य लिएका छन्।

न्युजिल्याण्ड बसाइँका क्रममा राष्ट्रपति व्हिप्सले अकल्याण्ड र रोटोरुवामा विभिन्न क्याबिनेट मन्त्री, सरकारी निकाय, व्यवसायिक क्षेत्र तथा इवी (माओरी समुदाय) का प्रतिनिधिसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, गभर्नर-जनरल डेम सिन्डी किरोले अकल्याण्डस्थित गभर्नमेन्ट हाउसमा राष्ट्रपति व्हिप्सलाई औपचारिक स्वागत गरिसकेकी छन्।

सम्बन्धित समाचार

सबै