न्युजिल्याण्डको बोडर खुल्ने भएसंगै न्युजिल्याण्डमा रहेका नेपालीहरु छुट्टी मनाउन नेपाल जाने क्रम बढेको छ । दुई चरणमा यसअघि नै बोडर खुलिसकेको छ भने अब तेस्रो चरणबाट भने अस्थाई भिसा भएकाहरुले न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । भोली मंगलवार मध्यरातबाट अस्थाई वर्क भिसा भएका र बिद्यार्थीहरु पनि न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । सुरुमा ५००० अन्तरराष्ट्रिय बिद्यार्थीले न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । त्यस्तै विश्वमा जुन सुकै स्थानमा रहेका अष्ट्रेलियाली नागरिक पनि अब सजिलै न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् ।
न्युजिल्याण्डबाट नेपाल जान प्रक्रिया एकदम सजिलो छ । न्युजिल्याण्डबाट उड्नु अघि भिसा र पासपोर्ट बाहेक कुनै कागजात आवश्यकता पर्दैन । त्यस्तै न्युजिल्याण्डबाट नेपाल जादाँ पर्ने ट्रान्जिट देशहरुमा भने देश अनुसारको नियम छ । त्यस्को लागि आफुले कोरोना बिरुद्धको खोप लगाएको प्रमाण आफु सँगै बोक्नु पर्ने छ । कुनै देशमा यो कागज नमागेता पनि आफु अफ्ठ्यारोमा नपर्न यो आफु सँगै बोक्नु होला । आफुले कोरोना बिरुद्धको खोप लगाएको प्रमाण र यात्रा गर्न सुरक्षित रहेको यो कागज (Travel Pass) न्युजिल्याण्डको स्वास्थ्य मन्त्राल्यबाट प्राप्त गर्न सकिने छ ।
त्यस्तै आवश्यकता अनुसार तपाईंको कोरोना परिक्षण पनि गरिन सकिने छ । यस्को लागि पनि आफु मानसिक रुपमा तयार हुन जरुरी छ । तर यो भने तपाईंलाई यात्राको दौरान कोरोनाको कुनै लक्षण देखिए मात्र गरिने छ ।
यता नेपाल पुगिसकेपछि केही कागजात प्रस्तुत गर्नु पर्ने हुन्छ । त्यस्मा कोरोना बिरुद्धको खोप लगाएको प्रमाण र नेपाल सरकारको कोभिड – १९ संकट व्यवस्थापन समन्वय केन्द्र CCMC को फर्म प्रस्तुत गर्नु पर्ने हुन्छ । यो फर्म CCMC को वेवसाईट मा गएर भर्न सकिने छ ।
यो फर्ममा तपाईंले आफ्नो फ्लाईटको जानकारी र कोभिड सम्बन्धी केही जानकारी दिनु पर्ने छ । न्युजिल्याण्ड मै हुँदा यो फर्म भरेर आफुलाई चाहिने कागज तयारी पार्दा यात्रामा सहज हुने छ । यस बाहेक न्युजिल्याण्डबाट नेपाल यात्रा गर्न अन्य कुनै कागजको आवश्यकता पर्दैन ।