चक्रवात ‘फिली’ को प्रभाव: नर्थ आईल्याण्डका अधिकांश स्थानमा हावाहुरी सहित वर्षा हुने – New Zealand News Nepal (NZ News Nepal)

चक्रवात ‘फिली’ को प्रभाव: नर्थ आईल्याण्डका अधिकांश स्थानमा हावाहुरी सहित वर्षा हुने

   April 12, 2022  

मेट सर्भिस नेशनल वेदर (Met Service National Weather)ले न्युजिल्याण्डको नर्थ आईल्याण्डमा मौसममा खराबी आउने भन्दै चेतावनी दिएको छ । चक्रवात फिलीका कारण न्युजिल्याण्डको उत्तरि भेगमा आजबाट मौसम परिवर्तन हुने   छ । चक्रवात फिलीको ट्य्राक केही दिन अघी  New Caledonia को समुद्रिक क्षेत्रमा रहेको र सोही बहाव अहिले न्युजिल्याण्डमा प्रवेश गरेको छ, आज र भोली  न्युजिल्याण्डको नर्थ आईल्याण्डको पुर्विय क्षेत्रमा यस्को ठुलो प्रभाव पर्ने अनुमान गरिएको छ । यसबारेमा चेतावनी दिदै Met Service ले समुन्द्रिक क्षेत्रमा नजान आम मानिसमा अनुरोध समेत गरेको छ । मौसम सम्बन्धी जानकारी दिने वेदर वाच (Weather Watch) ले पनि मौसममा ब्यापक परिवर्तन आउने भन्दै नर्थ आईल्याण्डको केही स्थानमा हावाहुरी सहित भारी वर्षा हुने अनुमान गरेको छ ।