न्युजिल्याण्ड सरकारले कोभिड रोकथामका लागि लागु गरेको Red Traffic Light System आज बाट ओरेन्जमा परिवर्तन भएको छ । अहिले तत्काल कोरोनाको संक्रमण घट्दै गरेको हुनाले यो परिवर्तन ल्याईएको कोभिड १९ प्रतीकृया मन्त्री क्रिस हिपकिङ्सले बताएका छन् । Red Light सेटिङ्समा मास्कलाई अनिवार्य पारिएको छ भने अन्य सम्पूर्ण नियमलाई खुकुलो बनाईएको छ । सार्वजनिक स्थान र कार्यस्थलमा मास्कलाई अझै अनिवार्य गरिएको छ भने स्कुलमा मास्क लगाउनु पर्ने नियम हटेको छ । त्यस्तै यात्रा गर्दा प्रयोग हुने सार्वजनिक सवारी साधनमा लगाइएको अधिकांश प्रतिबन्द हटाईएको छ ।
Orange Traffic System बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोला



