नेपलिज सोसाईटी वेलिङटनको साधारणा सभाले रमेश सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कार्यकारी समिती चयन गरेको छ । शनिबार सम्पन्न सभामा सन् २०२२/२३ का लागि नयाँ नेतृत्व चयन भएको हो । संस्थाको सचिवमा रोजन भट्टराई रहेका छन् भने ट्रेजररमा बिशेष खड्का चुनिएका छन् । त्यस्तै कार्यकारी सदस्यमा दिपक गौतम, दिपेश पराजुली, समिता निरौला र याङजिन शेर्पा रहेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान गर्दै संस्थाको साधारण सभा आयोजना गरिएको थियो ।


