BREAKING NEWS-अक्टोबरसम्म पर्खिनु नपर्ने ! जुलाई अन्तिमबाट न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुल्ने – New Zealand News Nepal (NZ News Nepal)

BREAKING NEWS-अक्टोबरसम्म पर्खिनु नपर्ने ! जुलाई अन्तिमबाट न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुल्ने

   May 11, 2022  

अक्टोबर २०२२ बाट न्युजिल्याण्डको बोडर पूर्णरुपमा खोल्ने तयारी भएता पनि अब सरकारले धेरै समय नलगाउने भएको छ । न्युजिल्याण्ड सरकारले अब आउदो जुलाई अन्तिम बाट न्युजिल्याण्डको बोडर खोल्ने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले आज यसबारेमा घोषणा गर्ने छिन् । हाल आईसोलेशन रहेकी प्रधानमन्त्री आर्डेनले जुममार्फत सम्बोधन गर्दै न्युजिल्याण्डको बोडर बारे जानकारी गराउने छिन् । यसअघि सरकारले ओक्टोबरबाट न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुलाउने निर्णय गरेको थियो । सन् २०२० मा न्युजिल्याण्डमा कोरोनाको संक्रमण बढेपछि न्युजिल्याण्ड सरकारले मार्च २५ बाट अन्तराष्ट्रिय सिमा बन्द गरेको थियो ।