न्युजिल्याण्डमा ६ बिलियन डलरको बजेट सार्वजनिक, यस्ता छन् बजेटको बिशेषता – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ६ बिलियन डलरको बजेट सार्वजनिक, यस्ता छन् बजेटको बिशेषता

   May 19, 2022  

न्युजिल्याण्ड सरकारले आर्थिक वर्ष २०२२/२३ का लागि बजेट सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक गरिएको बजेट अहिले सम्मकै बढी रकम भएको बजेट हो । यो वर्ष न्युजिल्याण्डमा करिब ६ बिलियन डलरको बजेट सार्वजनिक भएको हो । अर्थ मन्त्री ग्रान्ट रोबर्टसनले बजेट भाषण गरेका थिए । बजेटमा समावेश मुख्य बुँदाहरु :

१. आपतकालिन जीवन निर्वाह खर्च (Living Cost) का लागि १ बिलियन बिनियोजन जसअन्तर्गत अगस्त १ बाट हरेक मध्यम आय भएकालाई ३ महिना सम्म हरेक महिना ३५० डलर प्रदान गर्ने गर्ने भएको छ । यस्का लागि मध्यम आय भएकाले गत वर्ष ७० हजार डलर भन्दा कम आमदानी गरेको हुनु पर्ने छ ।

२. कोभिड फण्ड खारेज गरेर त्यस्मा बाँकी भएको रकम स्वास्थ्य तथा जीवन निर्वाह खर्च (Living Cost) मा प्रयोग हुने भएको छ ।

३. थप दुई महिना सार्वजनिक सवारी साधनको भाडामा ५० % छुट

४. देशभरका बिद्यालय तथा नयाँ बिद्यालयका लागि ७ सय ७७ मिलियन डलर लगानी

५. लाईट रेल प्रोजेक्टका लागि पहिलो चरणमा २०० मिलियन डलर बिनियोजन

६ . पेट्रोलियम पदार्थमा लगाइएको कर प्रति लिटर २५ सेन्ट छुट