एन्थनी एल्बनिजी बन्दै अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री – New Zealand News Nepal (NZ News Nepal)

एन्थनी एल्बनिजी बन्दै अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री

   May 21, 2022  

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री लेबर पार्टीका नेता एन्थोनी एल्बनिजी बन्ने भएको छ । आज शनिबार सम्पन्न संघिय निर्वाचनमा लेबर पार्टीले बहुमत प्राप्त गर्ने आकडा सार्वजनिक भएपछि एल्बनिजी प्रधानमन्त्री बन्ने तय भएको हो । हालसम्म गनिएको ४५ प्रतिशत मतमा ७१ स्थानमा लेबर अघि देखिएको छ । तल्लो सदनको १५१ सिट मध्ये सरकार गठन गर्न ७६ स्थानमा जित्नुपर्छ । बिगत ९ वर्षदेखि अष्ट्रेलियामा लिभरल पार्टीको सरकार छ ।

को हुन् एन्थोनी ?

‘अल्बो’ उपनामले चिनिने एन्थोनी सन् २०१९ देखि लेबर पार्टीका नेता छन् । ५९ वर्षिय एन्थोनी सिड्नी म्यारिकभिलका स्थानिय बासिन्दा हुन् । एन्थोनी एकल महिलाका सन्तान हुन् । २६ वर्षदेखि संघिय संसदमा रहदै आएका एन्थोनी अष्ट्रेलियाका ३१ अाै प्रधानमन्त्री बन्न लागेका हुन् । सन् २०१३ मा लेबरका प्रधानमन्त्री केभिन रडको पालामा एन्थनी कार्यबहाक प्रधानमन्त्री समेत बनेका थिए । अर्थशास्त्र अध्ययन गरेका एन्थोनीको झुकाव भने सधै राजनीतिमै रहदै आएको छ । एक छोरा रहेका एन्थोनीको पुर्वपत्नीसंग डिभोर्स भएको छ ।