एन्थोनीलाई जसिन्डाको फोन, अष्ट्रेलियाको प्रधानमन्त्री बन्न लागेकोमा दिईन बधाई – New Zealand News Nepal (NZ News Nepal)

एन्थोनीलाई जसिन्डाको फोन, अष्ट्रेलियाको प्रधानमन्त्री बन्न लागेकोमा दिईन बधाई

   May 22, 2022  

अष्ट्रेलियन लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीलाई न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्नले अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्न लागेकोमा बधाई दिएकी छिन् । एन्थोनीलाई आईतबार बिहान फोन गरेर प्रधानमन्त्री आर्डेर्नले बधाई दिएकी हुन् । प्रधानमन्त्री आर्डेनले एन्थोनी सँग अत्मिय कुरा भएको र आफुहरु छिट्टै भेट्न आतुर रहेको कुरा बताएकी छिन् । आर्डेनका अनुसार एन्थोनीको जितले अष्ट्रेलिया र न्युजिल्याण्डको सम्बन्धलाई थप उचाईमा पुग्ने छ । अष्ट्रेलियामा शनिबार सम्पन्न संघिय निर्वाचनमा लेबर पार्टीले बहुमत प्राप्त गर्ने आकडा सार्वजनिक भएपछि एन्थोनी अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्री बन्ने तय भएको हो ।