देउवा प्रधानमन्त्री भएयता ४८ लाखले लगाए खोप, १३ %ले लगाए खोपको दुवै डोज – New Zealand News Nepal (NZ News Nepal)

देउवा प्रधानमन्त्री भएयता ४८ लाखले लगाए खोप, १३ %ले लगाए खोपको दुवै डोज

- ओलीको समयमा करिब ३६ लाखले मात्रै खोप लगाए
   August 25, 2021  

पछिल्लो पाँच हप्तामा ४८ लाख भन्दा बढी नागरिकले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयका अनुसार देउवा प्रधानमन्त्री भएयता ४८ लाख भन्दा बढीले खोप लगाइसकेका छन्। केपी शर्मा ओलीको समयमा करिब ३६ लाखले मात्रै खोप लगाएको सचिवालयले दाबी गरेको छ। नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट खोप आफ्नो सरकारको प्राथमिकतामा रहेको भन्दै सबैलाई नि:शुल्क खोप दिने घोषणा गरेका थिए। ओलीले भने जनतालाई पुग्ने गरी खोप आफ्नो प्रधानमन्त्रीकालमा ल्याइएको दाबी गरेका थिए।

देउवा प्रधानमन्त्री भएयता बिहीवारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको बताइएको छ।बिहीबारसम्ममा देशभर ४९ लाख ७ हजार ५२३ जनाले कोरोनाविरुद्ध खोपको पहिलो डोज लगाइसकेको स्वास्थ्य मन्त्रालयका जनाएको छ। यस्तै, ३७ लाख ९ लाख ९ हजार १७८ जनाले पूर्ण डोज लगाइसकेका छन्। देउवाको सचिवालयले ओली सरकारको समयमा खोपको दुवै डोज लगाउनेको संख्या ३. ९ रहेको र हाल १३ प्रतिशतले पूर्ण खोप लगाएको मन्त्रालयले जनाएको छ। सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको छ। चैत मसान्तसम्म खोप लगाउने अनुकुल सबैलाई खोप लगाउने सरकारले जनाएको छ।