जुलाई २० मा अकल्याण्डमा गुञ्जिने छ सुजन चापागाईंका सुमधुर गीत – New Zealand News Nepal (NZ News Nepal)

जुलाई २० मा अकल्याण्डमा गुञ्जिने छ सुजन चापागाईंका सुमधुर गीत

   May 27, 2026  

न्युजिल्याण्डमा हुन लागेको चर्चित गायक सुजन चापागाईंको सांगीतिक कार्यक्रम न्युजिल्याण्डका दुई सहरमा आयोजना हुँदैछ। लाक्हे इभेन्ट्सले न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा कार्यक्रम आयोजना गर्दैछ। अकल्याण्डमा हुने कार्यक्रम जुलाई २० मा आयोजना हुने आयोजक लाक्हे इभेन्ट्सले जनाएको छ।

यसअघि सबिन राई, विपुल क्षेत्री लगायतका कलाकारको कार्यक्रम भइसकेको स्टुडियो द भेन्युमा सुजन चापागाईंले आफ्नो प्रस्तुति दिने निश्चित भएको छ। अब चाँडै टिकट बुकिङ पनि खुल्ने बताइएको छ।

उता साउथ आइल्याण्डको क्राइस्टचर्चमा भने जुलाई २५ मा कार्यक्रम हुँदैछ। कार्यक्रमको विस्तृत जानकारी भने चाँडै प्रदान गरिने भएको छ।