आउँदो जुलाई २० तारिख आयोजना हुने सांगीतिक कार्यक्रम ‘सुजन चापागाईं लाइभ इन अकल्याण्ड’ का लागि सुरुवाती टिकट भोलिबाट सार्वजनिक हुने भएको छ।
आयोजक लाखे इभेन्ट्सका अनुसार भोलि शुक्रबार साँझ ५ बजेदेखि संगीतप्रेमीहरूले अर्ली बर्ड टिकट खरिद गर्न सक्नेछन्।
पछिल्लो समय निकै सुमधुर गीत गाएर चर्चा बटुलेका गायक सुजन चापागाईं आउँदो जुलाईमा न्युजिल्याण्ड आउँदैछन्। उनले न्युजिल्याण्डका दुई सहरमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।



