न्युजिल्याण्डमा किवी फलको बजार प्रबन्धन गर्ने संस्था जेस्प्रिले अहिले सम्म कै बढी नाफा कमाएको छ । जेस्प्रिले यो वर्षको मेन सिजनमा विश्वभरबाट ४ .४७ बिलियन डलरको राजस्व संकलन गरेको छ । यो अघिल्लो वर्ष भन्दा १५ % बढी हो । यो वर्ष बिभिन्न चुनौतीका बाबजुत जेस्प्रिले राम्रो आर्थिक बिकास गरेको हो । कोरोना, कामदार अभाव लगायतका चुनौतीले यो वर्ष किवी क्षेत्रलाई असर गर्ने अनुमान गरिएको थियो । तर जेस्प्रिले भने यो वर्ष रेकड तोड कमाई गरेको हो । जेस्प्रिले हाल ५० भन्दा बढी मुलुकमा किवी फल निर्यात गर्ने गरेको छ । जेस्प्रिले संकलन गरेको साढे ४ बिलियन डलरमा उस्ले नाफा मात्र ३६१ सय मिलियन डलर कमाएको छ । यो रकम कर तिरेर आएको नाफा हो । जेस्प्रिले यो वर्ष २०१ मिलियन ट्रे निर्यात गरेको जनाएको छ ।


