नोभेम्बरमा जन्मेका राजाको किन जुनमा मनाईन्छ जन्मदिन ? – New Zealand News Nepal (NZ News Nepal)

नोभेम्बरमा जन्मेका राजाको किन जुनमा मनाईन्छ जन्मदिन ?

   May 31, 2026  

न्युजिल्याण्डमा भोलि राजा चार्ल्सको जन्मदिन मनाईदै छ । सोही अवसरमा भोलि देशभर सार्वजनिक बिदा समेत रहेको छ ।

वास्तवमा राजा चार्ल्सको जम्म १४ नोभेम्बर सन् १९४८ मा भएको हो । तर बिभिन्न देशमा उनको जन्म जुन महिनामा नै मनाईने गरिन्छ । बेलायतमा पनि उनको जन्मदिन जुनमा नै मनाउने गरिन्छ । बिशेष गरि नोभेम्बरमा महिनामा मौसम खराब हुने, पानी पर्न सक्ने, चिसो हुने भनेर बेलायतमा पहिल्यै देखि राष्ट्रप्रमुखको जन्मदिन जुन महिनामा मनाउन थालिएको हो । रानी एलिजाबेथको पनि जन्म अप्रिलमा भएता पनि जुन महिनामा नै जन्मदिन मनाउने गरिन्थ्यो ।

बेलायत बाहेक बिभिन्न अरु देशका राष्ट्रप्रमुख समेत रहेका राजाको जन्मदिन भने देश अनुसार फरक मितीमा मनाउने गरिन्छ । न्युजिल्याण्डमा जुन महिनाको पहिलो सोमबार राजाको जन्मदिन मनाईन्छ भने अष्ट्रेलियामा जुन महिनाको दोस्रो सोमबारमा यो दिन मनाउने चलन छ । बेलायतमा भने यो वर्ष उन्को जन्म १३ जुनमा मनाउने तयारी रहेको छ ।