नेपालको संसद बैठकमा घमासान, प्रतिनिधिसभा नियमावली पारित – New Zealand News Nepal (NZ News Nepal)

नेपालको संसद बैठकमा घमासान, प्रतिनिधिसभा नियमावली पारित

   June 1, 2026  

प्रतिनिधिसभाको बैठकमा शुक्रबार चर्को विवाद र नाराबाजी भएको छ। विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गर्दै सभामुखको आसनसम्म पुगेर विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सभामुखविरुद्ध समेत नाराबाजी गरेका थिए।

यसअघि बसेको बैठक पनि विपक्षीहरूको अवरोधका कारण स्थगित भएको थियो। पुनः सुरु भएको बैठकमा विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा पठाएर दफावार छलफल गरिनुपर्ने माग राख्दै वेल घेराउ गरेका थिए।

संसदमा जारी नाराबाजीका बीच प्रतिनिधिसभाले नयाँ नियमावली पारित गरेको छ। पारित नियमावलीमा सांसदहरूका लागि विशेषाधिकार सम्बन्धी व्यवस्था समावेश गरिएको छ।

नियमावलीको दफा २५९(१) मा, “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुनेछ” भन्ने व्यवस्था गरिएको छ।

त्यस्तै, दफा २५९(२) मा “यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ” उल्लेख गरिएको छ।

विपक्षी दलहरूले नियमावलीलाई पर्याप्त छलफल बिना पारित गरिएको भन्दै असन्तुष्टि जनाएका छन् भने सत्तापक्षले संसद सञ्चालनलाई व्यवस्थित बनाउन नियमावली आवश्यक रहेको जनाएको छ।