मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी – New Zealand News Nepal (NZ News Nepal)

मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

   June 23, 2026  

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक (१७) गोल गर्ने कीर्तिमान बनाएका हुन । मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका हुन् । उनले यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजको १६ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए ।

सर्वाधिक ६ खेल विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान देखि विश्वकपमा सर्वाधिक खेल (२८) खेल्ने कीर्तिमान मेस्सी कै नाममा छ । उनी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने खेलाडी पनि बनेका छन् ।