330
Shares
टापु देश समोवामा आज ६० औँ स्वतन्त्रता दिवस मनाईदैँ छ । सन् १९६२ जनवरी १ तारिकका समोवा देश न्युजिल्याण्डबाट स्वतन्त्र भएको थियो । जनवरी १ मा नयाँ वर्ष पर्ने भएकाले समोवाले जुन १ तारिकलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ । प्यासिफिक देशहरुमा स्वतन्त्र हुने समोवा पहिलो देश हो । आज समोवामा सार्वजनिक बिदा दिईएको छ भने आज देश भर बिशेष कार्यक्रम आयोजना हुँदै छ । आज बिहान आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री फियामे नाओमी माताफा सहभागी भएकी थिईन । सो अवसरमा उनले झन्डोतलन सेमत गरेकी थिईन् ।