न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख ठगी गर्ने काठमाडौंबाट पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख ठगी गर्ने काठमाडौंबाट पक्राउ

न्युजिल्याण्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट स्थानीय ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको हो।

उनले न्युजिल्याण्डमा ‘वर्किङ भिजा’मा प्रतिव्यक्ति १५ लाख लाग्ने र पुगेपछि कृषि फर्ममा लगाइदिने भनी दुई युवकलाई ठगी गरेको प्रहरीले जनाएको छ। मासिक तलब दुई लाख ५० हजार हुने प्रलोभन देखाई नवलपुर कावासोती नगरपालिका ८ का विकास जोशी र तनहुँ रिसिङ गाउँपालिका ५ का अमृत चन्दसँग जनही १५ लाख रुपैयाँ लिएका हुन्।  रकम लिएर सम्पर्क विहिन भएपछि पीडितरले वैदेशिक रोजगार विभागमा सम्पर्क गरेका थिए। विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरी नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित गराउन भनेको थियो। यसै क्रममा प्रहरीले खत्रीलाई सोमबार स्युचाटारबाट समातेर वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाएको छ।