55
Shares
स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्युजिल्याण्ड समय अनुसार सोमबार बिहान भएको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वविजेता बनेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसपछि स्पेनले निर्णायक गोल गर्दै उपाधि आफ्नो नाममा पार्यो। अर्जेन्टिनाले अधिकांश समय बलियो रक्षात्मक प्रदर्शन गरे पनि अन्तिम समयमा आएको गोल रोक्न सकेन।
यससँगै स्पेनले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि दोस्रो पटक उचाल्दै आफ्नो सुनौलो इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ भने लगातार दोस्रो विश्वकप जित्ने अर्जेन्टिनाको सपना अधुरै रह्यो।