नेपालमा रहेका किवी नागरिकलाई नेपाल सरकारको निर्देशन पालना गर्न न्युजिल्याण्ड सरकारको आग्रह

43 Shares

नेपालमा पछिल्लो समय आएको बाढीबाट प्रभावित हुन सक्ने न्युजिल्याण्डका नागरिकबारे न्युजिल्याण्ड सरकारले जानकारी संकलन गर्न थालेको छ।

न्युजिल्याण्डको विदेश मन्त्रालय तथा व्यापार मन्त्रालय (MFAT) का प्रवक्ताका अनुसार, नयाँ दिल्लीस्थित न्युजिल्याण्ड उच्चायोगले नेपालमा रहेका तथा बाढी र पहिरोबाट प्रभावित हुन सक्ने न्युजिल्याण्डका नागरिकको अवस्थाबारे जानकारी खोजिरहेको छ।

प्रवक्ताले नेपालमा रहेका न्युजिल्याण्डका नागरिकलाई नेपाल सरकार तथा स्थानीय प्रशासनले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्। आवश्यक परेमा स्थानीय अधिकारीले दिएको उद्धार वा सुरक्षित स्थानमा जानेसम्बन्धी आदेश (evacuation order) तत्काल पालना गर्न पनि आग्रह गरिएको छ।

सरकारले नेपालमा रहेका न्युजिल्याण्डका नागरिकलाई सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी परिवार तथा साथीभाइलाई दिनसमेत अनुरोध गरेको छ।

आपत्कालीन अवस्थामा कन्सुलर सहायता आवश्यक पर्ने न्युजिल्याण्डका नागरिकले २४ घण्टा, सातै दिन उपलब्ध कन्सुलर आपत्कालीन नम्बर +64 99 20 20 20 मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

सम्बन्धित समाचार

सबै