जसिन्डाको लगातार बिदेश यात्रा: बिहीबार अष्ट्रेलिया जादैँ – New Zealand News Nepal (NZ News Nepal)

जसिन्डाको लगातार बिदेश यात्रा: बिहीबार अष्ट्रेलिया जादैँ

   June 7, 2022  

जापान, सिंगापुर र अमेरिकाको भ्रमण पछि न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले अष्ट्रेलियाको भ्रमण गर्ने भएकी छिन् । जुन ९ तारिक बिहीवार प्रधानमन्त्री आर्डेन अष्ट्रेलिया जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सँग न्युजिल्याण्डमा उप प्रधानमन्त्री ग्राण्ट रोबर्टसन पनि अष्ट्रेलिया जादैँ छन् । अष्ट्रेलियाका नयाँ प्रधानमन्त्त्री एन्थोनी अल्बानिजलाई भेट्न र प्रधानमन्त्री बनेकोमा बधाई दिन न्युजिल्याण्ड सरकारको तर्फबाट प्रधानमन्त्री र उप प्रधानमन्त्री अष्ट्रेलिया जान लागेका हुन् । अष्ट्रेलियाका प्रधानमन्त्रीलाई भेट्ने जसिन्डा पहिलो बिदेशी पाहुना हुने छिन् । अष्ट्रेलिया र न्युजिल्याण्ड एकै परिवार भएका नयाँ सरकार बिच न्युजिल्याण्डको सम्बन्ध थप प्रगाण बनाउन आफु उप प्रधानमन्त्री सहित अष्ट्रेलिया जना लागेको प्रधानमन्त्री आर्डेनले बताएकी छिन् । भ्रमण सकेर प्रधानमन्त्री भोलीपल्टै शुक्रबार न्युजिल्याण्ड फर्किने छिन् भने उप प्रधानमन्त्री रोबर्ट्सन भने केही दिन अष्ट्रेलियामा रहने छन् ।