न्युजिल्याण्डका पूर्व सभामुख एड्रियन रुरावेहको निधन

59 Shares

न्युजिल्याण्डका पूर्व सभामुख तथा पूर्व लेबर सांसद एड्रियन रुरावेहको निधन भएको छ। उनको परिवारका अनुसार रुरावेहको बुधबार बिहान राटाना पामा निधन भएको हो। उनी पछिल्लो समय अस्वस्थ थिए।

रुरावेहले न्युजिल्याण्डको राजनीतिमा एक दशकभन्दा बढी समय बिताएका थिए। उनी सन् २०१४ मा ते ताइ हाउआरुरु (Te Tai Hauāuru) निर्वाचन क्षेत्रबाट पहिलोपटक संसद् प्रवेश गरेका थिए। त्यसपछि उनी माओरी समुदायको प्रतिनिधित्व गर्दै संसद्मा सक्रिय रहे।

सन् २०२२ को अगस्टदेखि २०२३ को डिसेम्बरसम्म उनले न्युजिल्याण्डको प्रतिनिधिसभाको सभामुखका रूपमा जिम्मेवारी सम्हालेका थिए। सभामुखको भूमिकामा रहँदा उनले संसद्को सञ्चालन तथा संसदीय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रुरावेहले सन् २०२६ को सुरुवातमा सक्रिय राजनीतिबाट अवकाश लिने घोषणा गरेका थिए। संसद्को अभिलेखअनुसार उनको सांसद पदबाट राजीनामा ६ फेब्रुअरी २०२६ देखि लागू भएको थियो।

उनको परिवारले निधनलाई परिवार, ते हाही राटाना, Ngāti Apa तथा Whanganui समुदाय र उनले राजनीतिक यात्राका क्रममा सहकार्य गरेका सबैका लागि ठूलो क्षतिको रूपमा वर्णन गरेको छ।

रुरावेहको निधनप्रति न्युजिल्याण्डको राजनीतिक वृत्तबाट श्रद्धाञ्जली व्यक्त हुन थालेको छ। लेबर पार्टीका नेता क्रिस हिप्किन्सले रुरावेहलाई सांसदका रूपमा सेवा गर्ने “उत्कृष्ट व्यक्तिमध्ये एक” भन्दै श्रद्धाञ्जली दिएका छन्।

एड्रियन ६५ वर्षका थिए।

सम्बन्धित समाचार

सबै