मौसमको बितण्डा: अकल्याण्डमा हावाहुरी, वेलिङटनमा बाढी, साउथमा हिमपात – New Zealand News Nepal (NZ News Nepal)

मौसमको बितण्डा: अकल्याण्डमा हावाहुरी, वेलिङटनमा बाढी, साउथमा हिमपात

   June 9, 2022  

न्युजिल्याण्डमा मौसमले जनजीवन प्रभावित पारेको छ । मौसममा आएको परिवर्तनले ठुला शहरहरुलाई बढी असर गरेको छ । राजधानी वेलिङ्टनमा वर्षा पछि आएको बाढीले केही स्थान डुबानमा परेको छ । वेलिङटनको तटिय क्षेत्रमा डुबानको असर देखिएको हो । वेलिङटनको केही स्थानमा बिध्युत आपुर्ती समेत बन्द भएको छ । हवाहुरी सहित वर्षा भएपछि वेलिङटनका ६ घरमा क्षति पुगेको र सडकमा रुखहरु ढलेको बताईएको छ ।


त्यस्तै अकल्याण्डमा हावाहुरी सहित भारी वर्षा भईरहेको छ । हावाहुरी कै कारण अकल्याण्डको हार्वर ब्रिजमा सावारी साधनको गति घटाईएको छ । अकल्याण्डमा आज मेघगर्जन र चट्याङ सहित वर्षा भएको छ ।

 

उता साउथ आईल्याण्डको उच्च भुभागमा भारी हिमपात सुरु भएको छ । मेट सर्भिसका अनुसार अबको ४ दिन मौसम यस्तै रहने छ । देशभर एक साथ मौसम बिग्रिदा हवाइ सेवा समेत प्रभावित भएको छ ।