न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ । आज बिहीबार न्युजिल्याण्डमा थप ७ हजार ९ सय २७ जनामा कोरोनाको संक्रमण देखा परेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ३९३ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भईरहेको छ । कोरोना कै कारण थप २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । न्युजिल्याण्डमा अहिले सम्म १२ लाख २१ हजार ७ सय २४ जनामा संक्रमण देखिएको छ । जसमध्य ११ लाख ७७ हजार ५ सय ९९ जना निको भईसकेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या १ हजार २ सय ४० पुगेको छ भने हाल ४२ हजार ८ सय ८५ जना सकृय संक्रमित रहेका छन् ।


