न्युजिल्याण्डका अध्यागमन मन्त्री (Immigration Minister) क्रिस फाफोइ सरकारबाट बाहिरिएका छन् । उनी आफ्नो दुई वर्षे कार्यकाल सकेर न्युजिल्याण्डको संसदबाट बिदा भएका हुन् । फाफोइ सन् २०२० को जुलाईबाट न्युजिल्याण्ड सरकारमा अध्यागमन मन्त्रीको रुपमा कार्यरत थिए । उनले न्याय मन्त्रालय र प्रसारण मन्त्रालयको जिम्मेवारी समेत समालिरहेका थिए । सन् २०१० यता न्युजिल्याण्ड संसदको सांसद बनेका फाफोइको कार्यकाल स्मरण गर्न लायक भएको छ । उनले न्युजिल्याण्डमा बसोबास गर्ने आप्रवासीहरुका लागि सुरु देखि नै सरल नियमहरु ल्याएका थिए । कोरोनाले विश्व आक्रांत बनेको बेला न्युजिल्याण्डले अन्तरराष्ट्रिय सिमा बन्द गरेको थियो । त्यो बेला फाफोइले न्युजिल्याण्ड मै रहेका आप्रवासीहरुलाई खुशी पार्दै बिभिन्न सुबिधाहरु प्रदान गरेका थिए । उनको कार्यकालमा सम्झना लायक निर्णय भने गत वर्ष ल्याएको One Off Residency रहेको छ । जस अन्तर्गत सेप्टेम्बर २९ २०२१ मा न्युजिल्याण्ड बसेको ३ वर्ष भएकाहरुलाई, न्युनतम २७ डलर पेरेट भएकाहरुलाई र स्केर लिस्टमा परेकाहरुलाई सरकारले पिआर दिने निर्णय गरेको थियो । सोही निर्णय अन्तर्गत अहिले न्युजिल्याण्डमा बसोबास गर्नेहरुले पिआर पाईरहेका छन् । यो निर्णयको लागि भने न्युजिल्याण्डमा भएका आप्रवासीहरुले फाफोइलाई सम्झिरहने छन् ।