यी हुन् नयाँ Immigration मन्त्री माईकल वुड, कस्तो आउँला नियम ? – New Zealand News Nepal (NZ News Nepal)

यी हुन् नयाँ Immigration मन्त्री माईकल वुड, कस्तो आउँला नियम ?

   June 14, 2022  

न्युजिल्याण्ड सरकारका अध्यागमन मन्त्री क्रिस फाफोइ सरकारबाट बिदा भए सँगै अब यो मन्त्रालयको जिम्मा न्युजिल्याण्डका यातायात मन्त्री माईकल वुडले सम्हाल्ने छन् । सन्न १९८० मे १० तारिकका दिन जन्मिएका माईकलको पुरा नाम माईकल फिलिप वुड हो । ४२ वर्षिय माईकल सन् २०१७ यता न्युजिल्याण्डको सांसद रहेका छन् । उनले सन् २०२० नोभेम्बेर देखि न्युजिल्याण्ड सरकारमा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मंगलबारबाट उनले Immigration मन्त्रालय पनि सम्हाल्ने छन् । उनी लेबर पार्टीबाट संसदमा दलका उपनेता समेत हुन् ।

मजाकी र हक्की स्वभावका माईकलको मन्त्रालयमा प्रवेश सँगै उनले आप्रवासीहरुका लागि कस्ता नियम ल्याउछन् त्यो हेर्न बाँकी छ तर उनको कार्यकाल पनि निवर्तमान मन्त्री क्रिस फाफोइको जस्तै लोकप्रिय हुने अनुमान गरिएको छ । मन्त्री परिवर्तन भए पनि जसिन्डा कै सरकार रहेकाले मन्त्री फेरिदैमा नयाँ नियम आउने सम्भावना कम रहेको जानकारहरु बताउछन् । जसिन्डा सामेल रहेको लेबर पार्टी सरकारमा रहदा सम्म आप्रवासीलाई फाईदा र घाटा दुवै हुने र समय अनुसार नियमहरु आउने अनुमान गरिएको छ ।